मिति २०८०/३/१२ गते त्रि.वि. दिवसको अवसरमा क्याम्पस प्रशासन,प्राध्यापकहरू र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सहितको टोलीले पोखरी माध्यमिक विद्यालय छातेढुङ्गा,प्रणामी मा.वि. इवा, तेह्रथुम बहुप्राविधिक शिक्षालय इवा, आठराई गा.पा. वाड नं - ४ र ५ वडा कार्यालयमा स्थलगत भ्रमण गरी वडा अध्यक्ष, विद्यालयका प्र.अ. ज्यूहरु, शिक्षकहरू, वि.व्य.स. अध्यक्ष लगायतसँग क्याम्पसको शैक्षिक, प्राज्ञिक, अहिले सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम,नयाँ थप गर्न सक्ने शैक्षिक कार्यक्रमको सम्भावना, शैक्षिक गुणस्तरमा वृद्धि,वडा कार्यालयबाट क्याम्पस विकासमा गर्न सक्ने सहयोग लगायत विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरियो ।