२०८२ साल चैत्र ४ गते यस क्याम्पसको Community Linkages and Extension Program अन्तर्गत दुई वटा माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
आठराई गाउँपालिका स्थित पोखरी माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालय मा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै उच्च शिक्षाको महत्त्व, व्यक्तिगत जीवनवृत्ति (Career) परामर्श तथा सकारात्मक सोच (Positive Thinking) सम्बन्धी विषयहरूमा सचेतना तथा मार्गदर्शन प्रदान गरिएको थियो।
अभिमुखीकरण कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा स्रोत व्यक्तिहरूले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र भविष्यका लक्ष्यअनुसार सही शैक्षिक तथा व्यावसायिक मार्ग छनोट गर्न प्रेरित गरेका थिए। साथै, सकारात्मक सोच विकास गरी चुनौतीपूर्ण परिस्थितिमा समेत आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने सन्देश दिइएको थियो।
उक्त कार्यक्रमले विद्यार्थीहरूमा उच्च शिक्षाप्रति रुचि जागृत गराउनुका साथै उनीहरूको करियर योजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी क्याम्पस प्रमुख पोष्टराज लामिछाने ले बताउनु भयो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्तै उपयोगी र प्रभावकारी रहेको प्रतिक्रिया दिएको प्राध्यापक संघ क्याम्पस इकाइ सभापति गणेश विमली ले जानकारी दिनुभयो । कार्यक्रम क्याम्पसको सामुदायिक सम्बन्ध सुदृढ गर्दै विद्यालय–क्याम्पस सहकार्यलाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको थियो।