२०८१ साल मंसिर १० गते यस क्याम्पसको Community linkage and Outreach कार्यक्रम अन्तर्गत क्याम्पस प्रमुख सहितको टोलीले फिदिम नगरपालिकाको भ्रमण गरी नगर प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने लगायतसंग क्याम्पसको शैक्षिक, भौतिक, प्राज्ञिक लगायत विषयमा छलफल गर्नुका साथै शैक्षिक क्षेत्रका समस्याहरु, गुणस्तर वृद्धि गर्न सक्ने उपायहरु, उद्यमशीलताको विकास लगायत विषयमा गहन अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा नगर प्रमुख र उपप्रमुखले क्याम्पसको समग्र विकास र शैक्षिक क्षेत्रमा गुणस्तर सुधारका लागि क्याम्पससँग आगामी दिनमा हातेमालो गरी अगाडि बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो।