मिति २०८० जेष्ठ १६ गते संघीय सरकारका माननीय सहरी विकास मन्त्री तथा तेह्रथुम जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद सीता गुरुङ्गलाई,उहाँकै कार्यकक्षमा,क्याम्पस प्रमुख पोष्टराज लामिछाने, पूर्व क्याम्पस प्रमुख हिक्मत राय सरको टोलीले भेटघाट गरी क्याम्पसको समग्र भौतिक, शैक्षिक तथा प्राज्ञीक विकासमा मन्त्रालयको तर्फवाट गर्न सक्ने सहयोगका विषयमा छलफल भयो । क्याम्पसको पुर्वाधार निर्माण,मर्मत सम्भार तथा रङरोगन, खानेपानी व्यवस्थापन, विद्यार्थी आवतजावतको लागि क्याम्पस बस आदिको लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित गरिदिन अनुरोध गरियो । उक्त अवसरमा माननीय मन्त्रीज्यूबाट यथासक्य सहयोग गर्ने प्रतिबद्धता प्राप्त भयो।