समुदाय सहयाेग कार्यक्रम अन्तरगत मिति २०८०/४/३ गते बुधबार क्याम्पस प्रशासन, प्राध्यापकहरु र स्ववियुको टोलीले यस क्याम्पसमा वि.एड.चौथाे वर्षमा अध्ययनरत छात्रा करीना थलङ (सुब्बा) को बुबा देवी कुमार थलङ (सुब्बा) को मिति २०८० असार २९ गतेको अविरल वर्षाका कारण घरलाई पहिरोले पुर्दा ६१ बर्षको उमेरमा असमायिक निधन भएकाले हाल आठराई गाउँपालिकामा वाड न -२ खाम्लालुङ पुगेर मृतक प्रति श्रदाञ्जली ब्यक्त गरियो साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट समेत गरियो। करिनाको परिवारलाई आर्थिक सहयोगको लागि क्याम्पस परिवारको तर्फबाट संकलन गरिएको रू ७७१० नगद समेत प्रदान गरियो।