मिति २०८०/४/५ गते यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको १ दिवसीय व्यक्तित्व विकास तथा उदघोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम क्याम्पस प्रमुख पोष्टराज लामिछाने अध्यक्षतामा भएको थियो भने स्वागत मन्तब्य सहायक क्याम्पस प्रमुख दिपकराज उप्रेतीले गर्नु भएको थियो साथै शुभकामना मन्तब्य प्राध्यापक सघं एकाइ सभापति गणेश बिमली र स्ववियु अध्यक्ष तारा प्रसाद दाहालले राख्नु भएको थियो, कार्यक्रमकाे सञ्चालन शिक्षक योगेश काफ्लेले गर्नु भएको थियो। कार्यक्रमकाे सहजीकरण सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता तथा नेपाल जेसिसका मुख्य राष्ट्रिय motivational speaker हरिकृष्ण भण्डारीले गर्नु भएको थियो।उक्त कार्यक्रममा ३२ जना विद्यार्थीहरुकाे सहभागिता थियो।