मिति २०८०/४/१४ गते श्री त्रिमोहन माध्यमिक विद्यालय संक्रान्तिबजारमा क्याम्पस प्रमुख पोष्टराज लामिछाने, व्यवस्थापन संकाय सञ्चालन सम्भाव्यता अध्ययन समितिका संयोजक दिपकराज उप्रेती, सदस्यहरू चक्रपाणि भट्टराई, गोविन्दकुमार सुवेदी, साथै प्राध्यापकहरू सोमनाथ घिमिरे र निधिरत्न न्यौपानेको टोलीले स्थलगत भ्रमण गरी विद्यालयका प्र.अ. चिन्तामणी उप्रेती र उक्त विद्यालयका शिक्षकहरूको उपस्थितिमा क्याम्पसमा नयाँ व्यवस्थापन संकाय सञ्चालनको सम्भाव्यता, क्याम्पसमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरु, आठराई गाउँपालिकाका विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि लगायतका विषयमा छलफल कार्यक्रम सम्पन्न भयो।