मिति २०८०/४/२९ गते श्री शारदा माध्यमिक विद्यालय चुहानडाँडामा क्याम्पस प्रमुख पोष्टराज लामिछाने, सहायक क्याम्पस प्रमुख दिपकराज उप्रेती सहित प्राध्यापकहरुकाे टोलीले स्थलगत भ्रमण गरी विद्यालयका प्र.अ. भीमबहादुर आचार्य र उक्त विद्यालयका शिक्षकहरूको उपस्थितिमा क्याम्पसमा व्यवस्थापन संकाय सञ्चालनको सम्भाव्यता, चुहानडाँडालाई शैक्षिक केन्द्र बनाउने, क्याम्पसमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरु, आठराई गाउँपालिकाका विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि लगायतका विषयमा छलफल कार्यक्रम सम्पन्न भयो।