तेह्रथुम क्याम्पसको शिक्षण भवन सिलान्यास

तेह्रथुम क्याम्पसको शिक्षण भवन सिलान्यास

2023-09-08 / 2024-10-16T23:59:00
TEMC Chuhandada
Tehrathum Multiple Campus, Chuhandanda

तेह्रथुम क्याम्पसको शिक्षण भवन सिलान्यास

तेह्रथुम । तेह्रथुम बहुमुखी क्याम्पस आठराई चुहानडाँडामा आधुनिक शिक्षण भवन निर्माण हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको आर्थिक सहयोगमा ८ कोठे भवन निर्माण हुने भएको हो । २ करोड ६१ लाख लागतमा निर्माण हुने शिक्षण भवनको बिहीबार शिलान्यास भएको छ ।एक वर्ष भित्रमा निर्माण सम्पन्न हुने शिक्षण भवनको त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले सिलान्यास गर्नुभएको हो ।सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै डा. भुसालले नेपालको उच्च शिक्षा रूपान्तरण त्रिभुवन विश्वविद्यालयबाट मात्रै सम्भव रहेको बताउनुभयो ।

बसाइँसराइ र विदेश तिर पढ्न जाने क्रमले पहाडी क्षेत्रका क्याम्पस संकटमा परेकाले उच्च शिक्षा व्यवस्थापनमा रूपान्तरण ल्याउनुपर्ने छ ।, डा. भुसालले भन्नुभयो, “देशको उच्चशिक्षाको ८० प्रतिशत भाग त्रिभुवन विश्वविद्यालयको भुमिकामा रहेकाले रूपान्तरण सम्भव छ ।”

क्याम्पसमा व्यवस्थापन संकाय थपको लागि सम्भाव्यता अध्ययन भएको छ । विद्यार्थीहरूको आकर्षण व्यवस्थापन संकायमा बढ्दै गएकाले यसको व्यवस्थापनले लागि स्थानीय स्तरबाट सबैले सहयोग गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्माले बताउनुभयो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य विमा कार्यक्रम लागू हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीले एक लाख सम्मको उपचार खर्च पाउने बताइएको छ ।ग्रामीण क्षेत्रमा स्थापना भएको क्याम्पसको स्तरोन्नति गरि उच्च शिक्षालाई प्रविधि सँग जोड्नु पर्ने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले बताउनुभयो ।

कार्यक्रममा अनुगमन निर्देशनालयका निर्देशक सह. प्रा. विष्णुप्रसाद खनाल र अनुगमन निर्देशनालयका सदस्य तथा पूर्व क्याम्पस प्रमुख सह. प्रा. हिक्मत बहादुर रायाले क्याम्पसको आवश्यकता अनुसारका कार्यक्रम र पुर्वाधार विकासमा स्थानीय स्तरमाबाट आएका कुरामा विश्वविद्यालयले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

क्याम्पसलाई क्यूएए मान्यता प्राप्त बनाउनको लागि अन्तरक्रिया समेत भएको छ । आवश्यक सुचकहरू पूरा गरे तेह्रथुम क्याम्पसले मान्यता प्राप्त गर्ने क्यूएएका निर्देशक सह. प्रा. डा. प्रेमबहादुर थापाले बताउनुभयो ।आठराई गाउँपालिकाका उपाध्यक्ष बलिराज ईङनाम र ६ नं. चुहानडाँडाका वडा अध्यक्ष कृष्णप्रसाद बास्कोटाले क्याम्पसको पुर्वाधार विकास र गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य भिष्मप्रसाद थपलिया, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोला, आठराई गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिबाट जगतबहादुर थपलिया, शारदा माविका प्रधानाध्यापक भिमप्रसाद आचार्य, कृषि विकास बैंक चुहानडाँडाका प्रबन्धक देवीप्रसाद भण्डारी, पुर्व विद्यार्थीहरू उमेश कन्दङ्वा, अनिल कन्दङवा, अभिभावक जयप्रकाश मैनाली र स्ववियु सभापति ताराप्रसाद दाहालले मन्तव्य राख्नुभएको थियोे । तेह्रथुमको बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पोस्टराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक संघका सभापति गणेश विमलीको स्वागत तथा स्थानीय महिलाहरू तथा विद्यार्थीहरूले साँस्कृतिक नृत्य प्रस्तुत भएको थियोे ।