सरस्वती पूजा (वसन्त पञ्चमी) तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न।

सरस्वती पूजा (वसन्त पञ्चमी) तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न।

2024-02-14 / 2024-07-15T23:59:00
TEMC Chuhandada
Tehrathum Multiple Campus, Chuhandanda

मिति २०८० साल फाल्गुन २ गते यस क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखा र स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस एकाइको सयुक्त आयोजनामा सरस्वती पूजा (वसन्त पञ्चमी) तथा विविध सांस्कृतिक कार्यक्रम ( लोक नृत्य प्रतियोगिता,खुल्ला कविता वाचन ,हाजिरी जवाफ प्रतियोगिता, निबन्ध लेखन, म्यूजिकल चेयर) सहित स्नातक तह प्रथम वर्षमा अध्ययन गर्न आउने नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ। नव आगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत,विभिन्न प्रतियोगिताका विधाहरूमा विजेता हुने तथा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खट्नु हुने स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी , विद्यार्थी, कर्मचारी साथै प्राध्यापकहरूप्रति हार्दिक आभार प्रकट गर्दछौ।