जलवायु परिवर्तन(Climate change)सम्बन्धी अभिमुखीकरण कार्यक्रम

जलवायु परिवर्तन(Climate change)सम्बन्धी अभिमुखीकरण कार्यक्रम

2024-09-20 / 2025-01-13T23:59:00
temc
Tehrathum Multiple Campus, Chuhandanda

२०८१ असोज ४ गते क्याम्पसको आयोजनामा १ दिने जलवायु परिवर्तन(Climate change)सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा क्याम्पसमा अध्ययरत विद्यार्थी,प्राध्यापक तथा कर्मचारीहरु साथै स्थानीय  जनप्रतिनिधिहरु र देउराली सोसाइटीका प्रतिनिधि समेतको सहभागिता रहेको थियो, क्याम्पस प्रमुख पोष्टराज लामिछानेको अध्यक्षता, आठराई गाउँपालिकाका कार्यकारी अधिकृत निराज शर्मा लुइटेल प्रमुख आतिथ्यतामा  सम्पन्न भएको कार्यक्रमको सहजीकरण तथा सेसन सञ्चालन प्राध्यापकहरु गणेश विमली,योगेश काफ्ले, कृष्णप्रसाद निराैला र  आठराई गाउँपालिका का कार्यकारी प्रमुख निराज शर्मा लुइटेलले गर्नुभएको थियो,कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख दिपकराज उप्रेतीले गर्नुभएको थियो।।  उक्त कार्यक्रम देउराली सोसाइटी तेह्रथुमको सहयोगमा सञ्चालन भएको थियो।