२०८१ साल जेठ २१ गते तेह्रथुम जिल्लाका संघीय सांसद तथा पूर्व मन्त्री मा. सीता गुरुङ्गको प्रमुख आतिथ्यता, कोशी प्रदेशका सांसद तथा पूर्व मन्त्री मा. दुर्गाप्रसाद चापागाई,कोशी प्रदेश सांसद तथा पूर्व सभामुख बाबुराम गाैतमको विशेष आतिथ्यतामा क्याम्पसको ६४ औं वार्षिकोत्सव समारोह सम्पन्न भयो। वाषिर्कोत्सव कार्यक्रममा छात्रबृत्ति अक्षयकोष दाताहाल अमेरिका निवासी पुरुषोत्तम मिश्रले आफैं उपस्थित भएर २ लाख ६० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो समारोहमा लामो समयदेखि क्याम्पसको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासमा योगदान गर्नु हुने सह प्राध्यापक मनोजकुमार चाैधरी र कार्यालय सहायक महेन्द्र कटुवाललाई सम्मान गरिएको थियो त्यस्तै अक्षयकोषदाताहरुमध्ये सबैभन्दा बढी छात्रबृत्ति अक्षयकोष स्थापना गर्ने स्वर्गीय यज्ञप्रसाद ओलीलाई मरणोपरान्त सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि,अतिथिहरुले वार्षिकोत्सवको शुभकामना मन्तब्य दिनुहुँदै क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक, प्राज्ञिक लगायत समग्र संस्थागत विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समारोहमा सदन स्तरिय लोकनृत्य प्रतियोगिता, गजल/कविता प्रतियोगिता कार्यक्रम समेत सञ्चालन भएको थियो।समारोहलाई सफतापूर्वक सम्पन्न गर्नका लागि क्याम्पसको निमन्त्रणामा पाल्नुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, व्यवस्थापन समितिका सदस्यज्यूहरु,अक्षयकोषदाताहरु,चन्दादाताहरु,अभिवाकहरुप्रति क्याम्पस परिवार हार्दिक आभार प्रकट गर्दछौ। वार्षिकोत्सवलाई सफल बनाउन अहोरात्र खटिनुहुने प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुलाई विशेष धन्यवाद प्रकट गर्दछौं।