रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल सहितको टोली क्याम्पस अनुगमनमा

रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल सहितको टोली क्याम्पस अनुगमनमा

2026-02-20

 त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल सहितको टोलीले मिति २०८२ साल फागुन ७ गते  तेहथुम बहुमुखी क्याम्पसको अनुगमन तथा निरीक्षण गर्नुभयो ।

अनुगमनका क्रममा क्याम्पसको भौतिक पूर्वाधार, शिक्षण–सिकाइ प्रक्रिया, गुणस्तरीय प्रशासनिक क्रियाकलाप तथा प्राज्ञिक अवस्थाबारे विस्तृत छलफल गरिएको थियो।  अनुगमनपश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा रजिस्ट्रार रिजालले क्याम्पसको समग्र अवस्थाबारे सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै भौतिक, शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक विकासका लागि विश्वविद्यालयबाट आवश्यक सहयोग प्रदान गरिने जानकारी दिनुभयो।  क्याम्पस प्रमुख पोष्टराज लामिछानेले क्याम्पसको समग्र वस्तुस्थितिबारे जानकारी प्रस्तुत गर्नुभयो। कार्यक्रममा प्राध्यापक, कर्मचारी, व्यवस्थापन समिति सदस्यहरू लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।