मंसिर २३ गते यस क्याम्पसमा वि भिन्न तह र संकायमा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई शैक्षिक सत्र २०८०/८१ को छात्रवृत्ति अक्षयकोष दाता मातहत रहेको, दाताहरुको अक्षयकोष क्याम्पस मातहत रहेको र क्याम्पसको जेहेन्दार तथा गरीविको मापदण्डमा पर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।
आठराई गाउँपालिका उपाध्यक्ष बलिराज इङनाम प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बाँस्कोटा हुनुहुन्थ्यो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति सदस्यहरू, अक्षयकोषदाता, अभिभावक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना दिँदै, प्रमुख अतिथि तथा विशेष अतिथिहरूले शैक्षिक अवसरमा समान पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमहरूको महत्त्वबारे प्रकाश पार्नुभयो। साथै, क्याम्पस प्रमुख पोष्टराज लामिछानेले अक्षयकोषदाता, अभिभावक तथा अन्य सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गर्नु भयो ।