उद्यमशीलता सहायता कार्यकम सम्बन्धि तालिम तथा कार्यशाला सम्पन्न

उद्यमशीलता सहायता कार्यकम सम्बन्धि तालिम तथा कार्यशाला सम्पन्न

2024-07-29

तेह्रथुम , २०८१ साउन १४  

तेह्रथुम बहुमुखी क्याम्पस आठराई चुहानडाँडामा उद्यमशीलता सहायता कार्यकम सम्बन्धि तालिम तथा कार्यशाला सम्पन्न  ।

 

क्याम्पसमा विभिन्न संकाय र तहमा अध्ययनरत विद्यार्थीहरू, विगत ५ वर्ष यता भित्र पास आउट भएका ४० वर्ष ननाघेका पूर्वविद्यार्थीहरू तथा क्याम्पसमा कार्यरत ४० वर्ष ननाघेका शिक्षकहरू गरी ३९ उद्यमी विकास कार्यक्रममा सहभागी भएका थिए । तालिम तथा कार्यशालामा  सहभागीहरुले तयार गरेका  मकै, बेसार, कफी, अचार  र सिलाम साक्मा सम्बन्धी पाँचओटा सृजनात्मक प्रस्तावित व्यवसायिक योजनाहरु प्रस्तुत भएको क्याम्पस प्रमुख पोष्टराज लामिछानेले बताउनुभयो ।

उद्यमशीलता सम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन र   उद्यमी बिकास कार्यक्रमका लागि आर्थिक सहयोग  विश्वविद्यालय अनुदान आयोगको सहयोगमा संचालन भइरहेको छ। व्यवसाय योजना निर्माण गर्न नवउद्यमीका लागि आवश्यक पर्ने ज्ञान, सीप र प्रविधिका बारेमा सहायता गर्न विषय विज्ञहरूले आरके ढुंगाना र द्रोण पराजुलीले सहजीकरण गर्नुभएको थियोे । सहभागीहरूबाट  प्रस्तुत भएका  ५ उत्कृष्ट व्यवसायिक योजना प्रस्ताव छनौट गरी विश्वविद्यालय अनुदान आयोगमा पठाउने क्याम्पसले जनाएको छ । क्याम्पसबाट पेश भएका कम्तीमा ३ वटा प्रस्तावलाई विश्वविद्यालय अनुदान आयोगले मूल्यांकन गरी छनौट गर्ने बताइएको छ । उत्कृष्ट व्यवसायिक योजना प्रस्तावहरूलाई विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा व्यवसायको प्रकृति/ आकार अनुसार ५ लाखदेखि ४० लाखसम्म बीउ पूँजी (seed capital) उपलब्ध गराउने छ। कार्यक्रममा ३९ जना व्यवसायिक सोच, नवप्रवर्तन र उद्यमशीलताप्रति  उच्च इच्छाशक्ति भएका व्यक्तिहरू छनौट गरी ४० घण्टा अवधिको विषयविज्ञद्वारा तालिम तथा कार्यशाला निःशुल्क सञ्चालन  गरी सहभागीहरुलाई प्रमाणपत्र  समेत बितरण  गरी पहिलो चरणको कार्यक्रम समापन गरिएको फोकल पर्सन योगेश काफ्लेले बताउनुभयो । समापन कार्यक्रम आठराई गाउँपालिकाका उपाध्यक्ष बलिराज ईङनामको प्रमुख आतिथ्यतामा भएको हो ।

https://www.hamrosawal.com/2024/07/51399/