भुईघाँस लिलाम विक्री सम्बन्धी सूचना

भुईघाँस लिलाम विक्री सम्बन्धी सूचना

2023-07-04

यस क्याम्पस हाताभित्र रहेको भुईघाँस लिलाम बढाबढमा बिक्री गर्नु पर्ने भएकोले २०८० असार १९ गते देखि २४ गते दिनको १२ः०० बजेभित्र इच्छुक व्यक्तिहरुले तपशिलमा उल्लेखित सर्तहरुको अधिनमा रही कवोल रकम सहित गोप्य दरभाउपत्र दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरुः

१, गोप्य दरभाउपत्र दिँदा खामको बाहिर क्याम्पस प्रमुखलाई सम्बोधन गरी क्याम्पस   प्रशासनमा निवेदन दर्ता गराउनु पर्नेछ ।

२, दरभाउपत्र रु ३,२००। (तीनहजार दुईसय) नघटाइ दिनु पर्नेछ ।

३, दरभाउपत्र स्वीकृत भएको जानकारी प्राप्त भएको मितिले ७ दिन भित्र कवुलेको रकम चुक्ता गर्नु पर्नेछ ।

४, घटि वा बढि दरभाउपत्र स्वीकृत गर्ने नगर्ने अधिकार क्याम्पसमा निहित रहनेछ ।

५, प्राप्त  दरभाउपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा २०८० साल असार २४ गते दिनको १२ः३० वजे क्याम्पसमा खोलिनेछ ।

६, दरभाउपत्र स्वीकृत भई रकम चुक्ता गरि सकेपछि दरभाउपत्र दाता स्वयंले घाँसको रेखदेख गर्नु पर्ने छ । क्याम्पस हाता भित्र चौपाया ल्याउन पाइने छैन ।

७, घाँस काट्दा क्याम्पस हाता भित्र लगाईएका वोटविरुवा हानि नोक्सानी गर्न पाइने छैन साथै क्याम्पसलाई असर गर्ने ठाउँको घाँस आवश्यकता अनुसार भनेवमोजिम काटिदिनु पर्नेछ ।

८, घाँसलाई खरको रुपमा लामो समय सम्म पाल्न पाइने छैन ।

९, यस बाहेक अन्य केही जानकारी चाहिएमा क्याम्पसमा सम्पर्क राख्न सकिनेछ ।