तेह्रथुम बहुमुखी  क्याम्पसको पञ्च वर्षीय याेजना र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

तेह्रथुम बहुमुखी  क्याम्पसको पञ्च वर्षीय याेजना र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

2023-07-23

  तेह्रथुम बहुमुखी  क्याम्पसको पञ्चवर्षीय संस्थागत विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

शैक्षिक गुणस्तर वृद्धि,भौतिक पूर्वाधार विकास लगायत विषयमा छलफल 

तेह्रथुम जिल्लाकै एक मात्र त्रिभुवन विश्वविद्यालयकोआङ्गिक क्याम्पस तेह्रथुम बहुमखी क्याम्पस चुहानडाँडामा ५ वर्षीय संस्थागत विकास तथा रणनैतिक योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।आठराई गाउँपालिका राजनैतिक दलका अध्यक्ष,  सचिव, प्राध्यापक तथा  विद्यार्थीहरुको उपस्थितिमा क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि, भौतिक  पूर्वाधार विकास,प्राज्ञिक तथा अनुसन्धान क्षेत्रमा  के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो। अहिले सम्म यस क्याम्पसमा शिक्षाशास्त्र र मानविकी संकायमा मात्र  अध्यापन हुँदै आएकोमा पाँच वर्ष भित्रमा व्यवस्थापन संकाय पनि थप गर्ने क्याम्पसको रणनैतिक योजना छ। उक्त  विषयमा पनि अन्तरक्रिया कार्यक्रममा छलफल भएको क्याम्पस प्रमुख पोस्टराज लामिछानेले जानकारी दिनुभयो।  हामीले क्याम्पसको पाँच वर्षे रणनीतिक योजना बनाएका छौँ, यो योजनाले क्याम्पसको चौतर्फी विकासमा धेरै काम गर्नेछ ।’ यसअघि लामो समयसम्म यस्तो योजना बनेको थिएन सबैभन्दा ठूलो कुरा विद्यार्थी सङ्ख्या हो र देशैभरका क्याम्पसमा विद्यार्थी घटेका छन् ।विद्यार्थी सङ्ख्या बढाउन सबै सरोकारवाला पक्ष एकजुट भएर सहयोग गर्न लामिछानेले आग्रह गर्नुभयो ।

यस संगै विद्यार्थी भर्ना कसरी बढाउने,विद्यार्थी सपोर्ट सिस्टम, डिजिटाइजेशन र कनेक्टिभिटी, एकेडेमिक  अडिट इ पुस्तकालय  कम्युनिटी सपोर्ट  आउट रिच प्रोग्राम  मार्केट डिमान्ड एकेडेमिक प्रोग्रामका बारेमा छलफल भएको थियो । क्याम्पसको पाँचवर्षे रणनीतिक योजना तयारी समितिका  संयोजक गणेश विमलीले क्याम्पसलाई क्युएएमा लैजान यस रणनीतिक योजनामा रहेका उद्देश्य र थिमेटिक एरियाको बारेमा जानकारी दिनुभयो । 

क्याम्पस प्रमुख पोस्टराज लामिछानेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा आठराई गाउँपालिका उपाध्यक्ष वलीराज इङनामको  प्रमुख आथित्यता आठराई गाउँपालिका वडा नं ६ चुहानडाँडाका वडाध्यक्ष कृष्णप्रसाद बाँस्कोटाको विशिष्ट आतिथ्यमा  तथा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,प्राध्यापक, कर्मचारीहरु साथै विद्यार्थीहरुको उल्लेख्य उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

 

  

​​