मंसिर २७
तेह्रथुम बहुमुखी क्याम्पसले आयोजना गरेको पूर्व विद्यार्थीहरुको प्रथम भेलाले जगतबहादुर थपलियाको संयोजकत्वमा पूर्व विद्यार्थी समाज (Terhathum multiple campus Alumni Association) काे तदर्थ समिति गठन गरेको छ ।
तेह्रथुम बहुमुखी क्याम्पसमा विभिन्न तहको अध्ययन पूरा गरी विभिन्न क्षेत्रमा स्थापित पूर्व विद्यार्थीहरुको प्रथम भेलाले पूर्व विद्यार्थी समाजको तदर्थ समिति गठन गरेको हो । बुधबार सम्पन्न भेलाले क्याम्पसका पूर्व विद्यार्थी शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा आठराई गाउँपालिका शिक्षा समितिका सदस्य जगतबहादुर थपलियाको संयोजकत्वमा १५ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो ।
नवगठित समाजको सह संयोजकमा पूर्व स्ववियु सभापति फुङलिङ नगरपालिका लेखा अधिकृत भूपालकुमार सेन्दाङ , सचिवमा पोखरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीप्रसाद संग्रौला सहसचिवमा शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक भीमबहादुर आचार्य र कोषाध्यक्षमा शारदा माध्यमिक विद्यालयका शिक्षक दिलकुमारी बुढाथोकी चयन हुनुभएको छ । सदस्यहरुमा पूर्व विद्यार्थीहरु क्रमशः हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी ,आठराई गाउँपालिका उपाध्यक्षवलीराज इङनाम ,व्यवसायी इन्द्रप्रसाद लामिछाने , पूर्व स्ववियु सभापति टीकाराम बाँस्कोटा,पूर्व स्ववियु सभापति राजेन्द्र भट्टराई,जलकन्या आधारभूत विद्यालयका शिक्षक दमन्ता निरौला, प्रणामी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकी , प्रणामी माध्यमिक विद्यालयका शिक्षक तारा सिंगु ,समाजसेवी ललित कन्दङवा समाजसेवी ओमकुमार थपलिया सर्वसम्मतले चयन हुनु भएको हो ।
२०१७ सालमा स्थापना भएको यस क्षेत्रकै पुरानो उच्च शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धिसँगै क्याम्पसको सर्वाङ्गीण विकासमा टेवा पुगोस् भन्ने हेतुले स्वदेश तथा विदेशमा छरिएर रहेका विभिन्न पेशा, व्यसाय एवं रोजगारमा आबद्ध भूतपूर्व विद्यार्थीहरुलाई एकत्रित गर्न समाज गठनको आवश्यकताबोध भएको क्याम्पस प्रमुख पोष्टराज लामिछानेले वताउनु भयो ।
विद्यार्थी समाजले स्वदेश तथा विदेशमा रहेका क्याम्पसका सबै पूर्व विद्यार्थीहरुलाई समाजमा संगठित भइ आफूले अध्ययन गरेको उच्च शैक्षिक संस्थामा आ- आफ्नो क्षेत्रबाट योगदान पुर्याउन लामिछानेलेआह्वान गर्नुभयो ।
https://radioathrai.com.np/